काठमाडौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका अर्थात् एसएलसी पूरक परीक्षाको परीक्षाफल भदौ महिनाभित्र प्रकाशन गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षामा उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न मिल्ने गरी कार्यालयले छिटो नतिजा प्रकाशित गर्न तीव्ररूपमा काम गरेको बताए ।
गत साउन २० गतेबाट सुरु भई २७ गते सम्पन्न परीक्षाको नतिजा भदौ अन्तिम सातासम्म प्रकाशन गर्नका लागि तीव्ररूपमा काम भएको श्री अर्यालले जानकारी दिनुभयो । उत्तरपुस्तिका परीक्षणका लागि कुल १८ वटा परीक्षण केन्द्र तोकेर परीक्षण भइरहेको छ ।
उनले भने-