नयाँदिल्ली । भारत विहारको सहरसा जिल्लामा रेल दूर्घटना हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । रेलमा धेरैजसो हिन्दू तीर्थयात्री रहेको बताइएको छ ।
सहरसा र मानसी क्षेत्रमा रहेको दुर्गम धमहारा घाट स्टेशनमा दुर्घटना भएको हो । धमहारा घाट स्टेशन नजिक रहेको कात्यायनी मन्दिरमा प्रत्येक सोमबर ठूलो मेला लाग्ने गर्दछ ।
घटनापछि आक्रोशित तीर्थयात्रुले रेलका चालक र गार्डलाई पिटेका छन् भने रेलको एउटा डिब्बामा आगो लगाइदिएका छन् । उनीहरुले रेलका केही कर्मचारीलाई बन्धक बनाएको खबर छ ।
प्रत्यक्षदर्शीले रेलमा लागेको आगोका कारण धेरै मानिसको मृत्यु भएको बताएका छन् । रेल राज्यमन्त्री अधीर रञ्जनले दूर्घटनाग्रस्त रेलको गति ८० किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिएका छन् । भारतमा दैनिक ९ हजार यात्रुवाहक रेलले १ करोड ८० लाख यात्रुलाई सेवा पु