काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल पहाडीको ६८ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
लामो समयदेखि मुटु, मृगौला, मधुमेह र उच्च रक्तचापबाट पीडित पहाडीको काठमाडौको सिनामंगलस्थित नेपाल मेडिकल कजेलमा उपचारका क्रममा निधन भएको हो । केही समयअघिदेखि उनको दुवै मृगौलाले काम गर्न छाडेको थियो ।
२०२५ सालमा विपी कोइरालासँग भेट भएपछि नेपाली कांग्रेसमा सक्रिय रहनुभएका पहाडी पञ्चायती व्यवस्थाको बिरोध गर्ने क्रममा पटकपटक जेल परेका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । पहाडीको आजै अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जनाइएको छ । उनको सभापति सुशील कोइरालाका अति निकट मानिन्थे ।
२००२ सालमा संखुवासभामा जन्मनु भएका पहाडी अविवाहित थिए ।
RSS