पाँचथर । संघिय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आज विहानैदेखि लिम्वुवान, खम्वुवान, थरुहट, कोतमधेश लगायतका जिल्लाहरुमा बन्दको आह्वान गरेका छन् ।
सर्वपक्षीय गोलमेच सम्मेलनबाट नयाँ संविधानका अन्र्तवस्तुमा राष्ट्रिय सहमति गरी निकास निकाल्न सरकारसमक्ष राखिएका १६ बुंदे माग कार्यान्वयनका लागि दवाव दिन भन्दै मोर्चाले बन्दको आह्वान गरेको हो ।
बन्दका कारण विहानैदेखि सार्वजनिक यातायातका साधनहरु चल्न सकेका छैनन् भने बजार, पसल, शिक्षण संस्था, उद्योग कलकारखाना समेत ठप्प छन् ।
उता, पूर्वी पहाडी जिल्ला पाँचथरमा भने नेविसंघको जिल्ला अधिवेशनका कारण प्रतिनिधी गाउँवाट आउनुपर्र्ने भएकोले यातायात संचालनमा अवरोध नगरिएको मोर्चाले जनाएको छ ।
RSS