चीनको उत्तर पूर्वी र दक्षिणी प्रान्तहरुमा बाढी र पहिरोका कारण कम्तिमा ९१ जनाको मृत्यु

बेईजिङ । चीनको उत्तर पूर्वी र दक्षिणी प्रान्तहरुमा लगातारको वर्षा पछि गएको बाढी र पहिरोका कारण कम्तिमा ९१ जनाको मृत्यु भएको छ । अझै १ सय ११ जना भन्दा बढी हराइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


बाढी प्रभावित हेइलोङ जियाङ, जिलिन, लियाओनिङ र ग्वाङडोङ प्रान्तका ८ लाख ४० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट करिब ८० लाख मानिस प्रभावित भएका छन् ।


बाढी पहिरोका कारण रेल सेवा अवरुद्ध भएको छ भने फुशुवान क्षेत्रमा यातायात र विद्युत सेवा पनि ठप्प छ । उद्दार र राहतमा सेना समेत परिचान गरिएको छ ।


चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उत्तरी क्षेत्रमा आएको बाढीलाई दशकौंयता कै विनाशकारी भनेको छ ।

 

Agencies