नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको ईस्लामावादमा सुरु

काठमाडौं  । नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठक पाकिस्तानको ईस्लामावादमा सुरु भएको छ ।

 

बैठकमा नेपाली टोलीको नेतृत्व अर्थ, उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला र पाकिस्तानतर्पmको नेतृत्व त्यहाँका अर्थ, आर्थिक मामिला, तथ्यांक र निजीकरण मन्त्री महम्मद ईशाक डरले गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री कोइरालाले आर्थिक र सांस्कृतिक सहयोगलाई अझ फराकिलो बनाउन सके त्यसबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र छालाजन्य उत्पादनमा सहयोग विस्तार गर्न सकिने औंल्याउँदै नेपालको चिया, अलैंची, अदुवा र कफीको बजार पाकिस्तानमा सम्भावना रहेको बताए ।


पाकिस्तानी समकक्षी महम्मद इशाक डरले दक्षिण एसियाभर सार्कको माध्यमबाट व्यापार लगानी विस्तार गर्न सकेमा यसक्षेत्रका जनता समृद्ध हुने विश्वास व्यक्त गरेका जानकारी गराइएको छ ।

 

RSS, IMAGECHANNEL