तीन महिनापछि हुने संविधानसभा निर्वाचनबारे अझै शंका, उपशंका व्यक्त भइरहे पनि दलहरुद्धारा उम्मेदवारको खोजी गर्ने प्रक्रियालाई तीव्रता

आगामी मंसिरका लागि तय संविधानसभा निर्वाचनबारे अझै शंका, उपशंका व्यक्त भइरहे पनि मुख्य राजनीतिक शक्तिहरुले उक्त निर्वाचनका लागि आफ्ना सम्भावित उम्मेदवारहरुको खोजी गर्ने आन्तरिक प्रक्रियालाई तीव्रता दिएका छन्।
तीमध्ये कतिपयले त उम्मेदवारहरु छनौटका लागि नयाँ मापदण्ड तोक्ने तयारी समेत गरेका छन्।
विघटित संविधान सभामा सबभन्दा ठूलो रहेको एकीकृत नेकपा माओवादीले सम्भावित उम्मेदवारहरुको नाम सिफारीस गर्ने प्रक्रियालाई उसले साउनको दोस्रो साताबाट शुरु गरेको एक महिने जनपरिचालनको एउटा हिस्सा नै बनाएको छ।
उक्त पार्टीको उम्मेदवार छनोट समितिका संयोजक पोष्टबहादुर बोगटी भन्छन्,