– खगेन्द्र अवस्थी
बैतडी – आमासँगै घरभित्र सुतेका ८ वर्षीय बालकलाई आइतबार मध्य रातमा चितुवाले लगेको छ ।
दक्षिणी क्षेत्रको बिशालपुर २ रोकटाका पर्मा सोनीका छोरा डम्बर सोनीलाई चितुवाले बेपत्ता बनाएको छ ।
झ्यालबाट भित्र पसेको चितुवाले लगेका डम्बरलाई अझै फेला पार्न सकेको छैन । उनका बुवा पर्मा झारफुक गर्ने वैद्य हुन् ।
आइतबार राति पर्मा डडेल्धुराको भागेश्वरमा झारफुक गर्न गएका थिए । आमा हिमकला सोनी र डम्बरसँगै सुतेका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।