– प्रेमनारायण आचार्य
डिभर्ना, अर्घाखाँची । नेपाल महिला संघ डिभर्नाको आयोजनामा अर्घाखाँचीको डिभर्ना गाविसमा महान चाड तीजको अबसरमा दर खाने कार्यक्रम तथा तीज गीत कार्यक्रम सम्पन्न भएको छ ।
डिभर्नाको झेडीमा भएको तिज गीत प्रतियोगितामा सहभागि हजारौ दर्शकहरु निकै हर्ष उल्लासका साथ छमछमती नाचेका थिए ।
कार्यक्रममा कलाकारहरु शान्ता खासु, सरिता भुसाल, प्रितम दलित, रबि नेपाली, शुसिला नेपाली लगायतले आफ्नो गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले अहिलेको प्रमुख कार्य भनेको संबिधान सभाको निर्बाचन भएकाले निर्बाचन लाइ सफल बनाउन सबै एक भएर लाग्नु पर्ने बताउनु भयो । उहाले आगामी संबिधान निर्बाचनमा नेपाली काग्रेसले दुइ तिहाइ बत ल्याउने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका अंचल सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, जिल्ला सदस्य केसबराज कुवर, क्षेत्रीय कोषाध्यक्ष छन्दबहादुर श्रेष्ठ, काग्रेसका महाधीबेसन प्रतिनिधि कमल बिक, महिला संघकी जिल्ला सचिब शान्ता भण्डारी, सदस्य छमा कार्की, दलित संघका जिल्ला अध्यक्ष मणिराम परियार , सास्कृतिक संघका केन्द्रिय सदस्य रामप्रसाद अधिकारि, डिभर्ना काग्रेसका सभापति रामप्रसाद बस्याल, पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, नेबिसंघका जिल्ला उपाध्यक्ष रमेस मरासिनी, सुरज रायमाझि लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम नेपाल महिला संघ डिभर्नाकि अध्यक्ष सिता परियारको अध्यक्षता, लक्ष्मी आचार्यको सञ्चालन र सरस्वति बस्यालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।