पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफमाथि भुट्टोको हत्या सहित तीन वटा अभियोग

मुसरर्फलाई बेनेजीर भुट्टाको हत्या गरेको अभियोगपाकिस्तान  । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफमाथि पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोको हत्या सहित तीन वटा अभियोग लगाईएको छ । मुसर्रफमाथि भुट्टो हत्या, हत्याको योजना र हत्याराहरुलाई सहयोग जस्ता अभियोग लगाईएको हो । भुट्टो हत्याकाण्डका लागि गठन गठित छानबीन समितीले पेश गरेको प्रतिवेदनको आधारमा मुसर्रफ माथि उक्त अभियोग लगाईएको हो ।


सन् २००७ मा मुसर्रफ सत्तामा रहेकै बेला रावलपिण्डीको चुनावी -यालीमा भुट्टोको गोली हानी हत्या गरिएको थियो । । यस अघी भुट्टो हत्याकाण्डबारे छानबीन भइरहेको भन्दै पाकिस्तानको सर्वोच्च अदालतले मुसर्रफलाई देश छोड्न रोक लगाएको थियो । देशद्रोहको आरोप लागेका मुसर्रफलाई आरोपको सामना गर्न अदालतले देश छोड्न नपाउने आदेश जारी गरेको थियो ।

 

मुशरर्फले भने आफूमाथिको आरोप आधारहीन भन्दै कुनैपनि मुद्दाको डटेर सामना गर्ने बताउनुभएको छ । सन् २००८ मा सत्ताच्युत भएका मुशरर्फ बिदेशमा बस्दै आउनुभएकोमा राष्ट्रपतिय निर्वाचना उम्मेदवारी दिन आएको बेला पक्राउ परेका थिए ।

 

शरिफको पहिलो पटक राष्ट्रको नाममा संबोधन

 

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले भारतसहित सबै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध बनाइने बताएका छन्  ।

 

सत्ता सम्हालेपछि पहिलो पटक राष्ट्रको नाममा संबोधन गर्दै उनले युद्धमा देशको सम्पत्ति बर्बाद गर्नु पाकिस्तान र भारत दुबैको हितमा नरहने प्रष्ट गरेका हुन् । उनले भारत र पाकिस्तान दुबैले युद्धको नाममा आफ्नो स्रोत र साधन बर्बाद गर्नुको साटो गरीबी, अज्ञानता र रोगविरुद्ध लड्नुपर्ने पनि बताएका छन् ।