अर्घाखॉचीमा मानव अधिकारीका घटनामा कमी

– गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखॉचीमा मानव अधिकारीका घटनामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मानव अधिकारको घटनामा कमी आएको ईन्सेक अर्घाखॉचीले सार्वजनिक गरेको तथ्याङ्गले जनाएको छ । 
नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१४) अर्ध वार्षिक समिक्षा गोष्ठिमा प्रस्तुत तथ्याङ्ग अनुसार यो वर्ष जिल्लामा ३ वटा मात्र मानव अधिकारका घटना भएको जनाईएको छ । जिल्लामा मानव अधिकार उल्लगनका घटनामा कमी आउनु स्वागत योग्य कदम भएको कार्यक्रमा मन्तव्य राख्ने बत्ताहरुले बताएका थिए । 
यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, गणपति रामकाजी राना मगर , प्रहरी नायव उपरिक्षक हिरा बहादुर पाण्डे, जिल्ला अदालतका श्रेस्तेदार गोबिन्द घिमिरे , शान्ति समितीका अध्यक्ष रामजि प्रसाद घिमिरे, एमाले सचिवालय सदस्य जनार्दन खनाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम प्रागका सचिव प्रेम नारायण गैरेको अध्यक्षता ।  ईन्सेक प्रतिनिधि नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो । 
Premnarayan Acharya in Arghakhanchi contributed to this report.
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु