– गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । कार्य संम्पादन राम्रो भएको भन्दै क्षेत्रिय निर्देशालय पोखराले जिल्ला शिक्षा कार्यालय अर्घाखॉचीलाई पश्चिममाञ्चलकै द्रोस्रो जिल्लाको रुपमा घोषणा गरेको छ । प्रथम जिल्ला शिक्षा कार्यालय पोखरा भएको छ ।
निर्धारित समयमै विद्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य गरेको,१०२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन संचालनमा ल्याएका,जिल्लाका संस्थागत तथा सामुदायिक गरी २५ माध्यमिक विद्यालयहरुलाई वेव एप्लिकेशन निर्माण गरि विद्यालयका गतिविधीहरुलाई कार्यालयबाट नै अनुगमन गर्ने व्यवस्था मिलाएको,कार्यलयमा दिएकोे कार्यक्रम पारदर्शी गरेको एस.एल.सी. परीक्षालाई मर्यादित बनाएको भन्दै निर्देशनालयले दोस्रो स्थानमा छनोट गरेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए ।
त्यस्तै कक्षा ८ को परीक्षालाई एस.एल.सी. परीक्षा सुधारको कडीको रुपमा लिई मिनी एस.एल.सी.को रुपमा संचालन गरेको, जिल्लाका सबै विद्यालयको भौतिक तथा अन्य विवरण झल्कने गरी विद्यालय फोटो प्रोफाईल तयारी गरेको, गा.वि.स. गत रुपमा उच्चतम विद्यालयलाई अगुवा विद्यालय तोकि शैक्षिक, व्यवस्थापकीय एवं निरीक्षण सम्बन्धी निश्चित अधिकार दिई जिम्मेवार बनाईएको, विद्यालयगत र श्रोतकेन्द्र स्तरमा कक्षागत र तहगत उपलब्धी विश्लेषण गराई सुधारात्मक योजना बनाई संचालन गर्न लगाईएको र कार्यालयलाई पुर्ण रुपमा बेरुजु रहित बनाईएको भन्दै ७६.५ नम्वर सहित द्रोस्रो स्थानमा राखिएको क्षेत्रिय निर्देशालय द्धारा प्रकासित शैक्षिक समाचारमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष अर्घाखॉची जिल्ला नेपालकै द्रोसो स्थानमा पर्न सफल भएको थियो । यो वर्ष नतिजा भने केहि समय पछि विभागले सार्वजनिक गर्ने जिल्ला शिक्षा अधिकारी खनालले जानाकारी दिए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।