मंसिर चारमै संविधानसभाको चुनाव हुने एकीकृत माओवादीका वर्षमान पुनको दाबी

विराटनगर  । एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले मंसिर चारमै संविधानसभाको चुनाव हुने दाबी गरेका छन् ।
 असन्तुष्ट दलका माग सम्बोधन गर्ने नाममा चुनावको मिति सार्न नसकिने भन्दै उनले मंसिर चारमै चुनाव हुने दाबी गरेका हुन् । 
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले नेकपा-माओवादी लगायतका दलले चुनावको मिति सार्ने नाममा चुनाव नै भाँड्न खोजेको आरोप पनि लगाए ।
RSS