अर्घाखाँचीमा महिला शिर्षकको लाखौं रुपैया अन्यत्रै खर्च गरि दुरपयोग भएको खुलासा

– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । लक्षित वर्ग अन्तरगत महिला शिर्षकको ८९ लाख रुपैया रकम अन्यत्रै खर्च गरि दुरपयोग भएको खुलासा भएको छ । दलीय सहमतीको मिलेमतोमा जिविस र गाविस परिषदबाट छुटिने बजेट अन्यत्रै खर्च गएको छ । महिलाको आर्यआर्जन र शसक्तिकरणको लागि भनि छुटिएपनि मोटरवाबोटो, खानेपानी, विजुली, मठ मन्दिर लगायतका विकास निर्माण र भौतिक निर्माणमा खर्च भएको छ ।   
  
जिल्ला परिषदबाट छुटिएको  २३ लाख र ४२ गाविसमा छुटिएको ६६ लाख रुपैया गरी ८९ लाख रुपैया हिनामिना भएको खुलासा भएको छ ।  शिर्षक एकातिर र खर्च अर्का तिर गरिएको छ । महिला विशेषलाई जिल्ला  परिषदबाट २३ लाख रुपैया छुटिएको हो। स्थानीय विकास अधिकारी हेमराज भुसालले रिपोर्टर्स क्लवले गरेको साक्षात्कार कार्यक्रममा भने, ४२ गाविसमा ६६ लाख छ, त्यसमा खानेपानी, धुवा रहित चुलो, च्याउ खेती, बाख्रापालन, मोटरबाटो, विजुली लगायतमा खर्च भएको छ । यो कमजोरी नै हो दलीय सहमतीमा खर्च भएपछि कर्मचारीको केही नलाग्ने उनले बताए । महिलाले पनि सोधीखोजी गरेनन, उनले भने, महिला जिम्मेवारीमा बस्ने तर आफु नै बेखबर जस्तै हुँदा पनि समस्या थुप्रिदै गयो । 
महिला शिर्षकको पुरै रकम दलका नेताले भौतिक निर्माण, मठमन्दिर निर्माण र अन्य विकास योजनामा खर्च गर्नुपर्ने दववा दिदा लक्षित समुदाय आफनो ढंगले योजना सञ्चालन गर्नबाट वञ्चित छन । आव २०६८/०६९ मा जिल्ला परिषद र गाउँ परिषदबाट छुटिएको बजेट वास्तविक लक्षित वर्गले पाउन सकेका छैनन् । लक्षित वर्गको नाम कागजमै सीमित भयो, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य विजुला रायमाझीले भनिन, महिला शिर्षकलाई भनेर छुटाएपनि  भौतिक र विकास निर्माण खर्च भएको छ, राज्यले तोकेरै छुटाएको बजेट दलीय सहमतीको नाममा नेताले गुपचुपमा अन्यत्रै खर्च गरे । विकास निर्मँणका काम गर्न त अन्य बजेट छदैछ तर लक्षित वर्ग उत्थानको लागि विनियोजित बजेट दलका नेता र गाविस सचिव र स्थानीय विकास अधिकारीको मिलेमतोमा अन्यत्रै खर्च भएको नेतृ यमुना भुसालले बताईन । लक्षित वर्गको रकम अन्यत्र खर्च गर्दा नाम मात्रैको भयो, महिला संघकी सचिव शान्ता भण्डारी भन्छिन, यसले महिलाको हित हुन सकेन । महिला मानव अधिकार सञ्जालकी अध्यक्ष जानका बञ्जाडेले परिषदमा छुटिने बजेट व्यावहारमै कार्यन्यवन हुन दलका नेताले हस्तक्षेप गरी अन्यनै खर्च गर्न लगाएको आरोप लगाईन । गाविसमा पुरै रकम दुरुपयोग हुने गरेको छ । नेपाल चेतना केन्द्रले वागी, खनदह लगायतका गाविसमा सर्वेक्षणपछि गरेको सार्वजनिक बहसमा लक्षित वर्गलाई विनियोजित बजेट अरु क्षेत्रमा खर्च भएको अध्यक्ष निर्मला क्षेत्रीले बताईन । 
राज्यले छुटाईदिएपनि दलकै कारण बजेट खर्च अन्यत्रै गर्दा वास्तविक लक्षित महिलाले सरकारी सेवा सुविधा नसकेको महिला अगुवाहरुले गुनासो गरेका छन । परिषदमा महिला चाहिने भएर बाध्यतावस त पार्टीले पठाउन्छन तर पार्टी र नेताले अंकुश लगाउन गर्छन, अनेमसंघकी नेता ईश्वरा पोखरेल भन्छिन, हामी जसरी पनि दवाव परिवन्धमा पारिन्छ त्यही कारणले बजेट अन्यत्रै खर्च भएको हो । तर महिला तथा बालवालिका कार्यालयकी नि.प्रमुख बेलकुमारी परियारले पुरै नभएपनि केही मात्रमा बजेट रकम सदुपयोग भएको दावी गरिन । महिलाको बजेट विकास निर्मँणमा खर्च गरिदा आर्य आर्जन, सिपमुलक तालिम, शसक्तिकरण हुन नसकेको नेतृ कल्पना पोखरेलले बताईन ।
 कार्यक्रममा राजनीतिक दलले पनि कमजोरी भएको स्वीकारे । एमाओवादी जिल्ला संयोजक गोविन्द केसीले महिलाले आफनो अधिकार खोज्नमा पछाडी परेको र सही ढंगले बुझन नसकेको दावी गरे । महिलासँग बसेर दलीय सहमतीमै बजेट अन्यत्र खर्च गरिएको हो, काग्रेस सभापति कमलप्रसाद भुसाल भन्छन, सहमतीमा आवश्यक्ता अनुसार सबै दलको सहमती छ । महिला  पनि नेता छन त्यसैले सहमती जुटछ । एमाले जिल्ला सचिव रामबहादुर चौहान भने महिलाको बजेट अन्यत्रै खर्च गर्न लगाउन दलका नेताको कमजोरी हो, महिलाको महिलामै खर्च हुनुपर्ने हो तर त्यसो नहुनु राम्रो होईन । राजमोका केन्द्रिय सदस्य सागर केसीले सामान्ती सोच नहटेकाले महिलाको बजेट अरु विकासका काममा खर्च भएको बताए । महिलामा चेतना अभिवृद्धि गर्नुपर्ने उनको दावी छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले यस्ता कमजोरीललाई आफुले गंभिरतापुर्वक लिएको र आवश्यक प्रक्रिया चाल्ने बताए । प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले सम्बन्धित विषयमा महिला विशेषज्ञको अभाव खडकिएकाले समस्या थपिएको बताए ।  पत्रकार महासंघका अध्यक्ष शोभाखर पंथीले दलीय रुपमा र कर्मचारीको लाप्रवाहीले बजेट दुरुपयोग भएको बताए ।
कार्यक्रम रिपोर्टर्स क्लव अर्घाखाँचीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र केसीको विषयवस्तु प्रवेश र सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा ५० जना भन्दा बढी सहभागी छन । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु