काठमाडौं – विद्युत् ट्रान्सफर्मर खरिद प्रकरणमा नेपाल विद्युत् प्राधिरकणका प्रबन्ध निर्देशक रामेश्वर यादव गिरफ्तार परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई मंगलबार गिरफ्तार गरेको हो ।
अख्तियारले ट्रान्सफर्मर खरिद घोटाला प्रकणरमा रामेश्वर यादवसहित वहालवाला र भूतपूर्व गरी १० जना उच्च अधिकृतलाई नियन्त्रणमा लिएको छ । अख्तियारले नियन्त्रणमा लिएका अन्य उच्च अधिकृतहरुमा पूर्व प्रबन्ध निर्देशक डा. जिवेन्द्र झा, पूर्व महाप्रबन्धक चिरञ्जीवी शर्मा, पूर्व उपकार्यकारी निर्देशक टीकाराम वीसी रहेका छन् ।
त्यसैगरी प्राधिकरणका वर्तमान उपनिर्देशक कृष्णबहादुर केसी, प्रबन्धक कृष्णबहादुर थापा, तत्कालीन आयोजना संयोजक महेश आचार्य, निमित्त आयोजना प्रमुख प्रमोद रिजाल, लेखा अधिकृत सुशील खनाल र आयोजना संयोजक देव शर्मा पौडेललाई पनि अख्तियारले पक्राउ गरेको छ ।