जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्धारा जन्म मिति नै नराखी नागरिकता वितरण

सन्धिखर्क, अर्घाखाँची ।  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जन्म मिति नै नराखी नागरिकता वितरण गरेको पाइएको छ ।



 

नागरिकताका लागि जन्म मिति प्रमुख कुरा भएपनि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ठूला पोखरा गाविसकी पार्वती अधिकारीलाई जन्म मिति बिनाको नागरिकता दिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले २०६३ फागुन २ गते बंशजको आधारमा दिएको ४०३००८ र ३४२ नंबरको नागरिकताको जन्म मिति खण्डको मिति, महिना र गतेको स्थानमा केही पनि लेखिएको छैन ।

 



नागरिकता बनाउने  घुम्ती टोली गाउँ गएको बेला पार्वती अधिकारीले नागरिकता बनाएकी थिइन । नागरिकतामा टोली प्रमुखको रुपमा रेश्मीराज अर्यालले हस्ताक्षर गरेका छन् ।

 

 

समाचार स्रोत: नयाँ भावना दैनिक

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु