गोर्खाल्याण्ड आन्दोलनक्रममा दुई सय बढी नेता तथा कार्यकर्ता पक्राउ

दार्जिलिङ  । भारतको दार्जिलिङ चर्किएको गोर्खाल्याण्ड आन्दोलनक्रममा गोर्खा जनमुक्ति मोर्चा सम्बद्ध दुई सय ५० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन । 
पश्चिम बंगाल प्रहरीले तीन सातादेखि मोर्चाका नेता र कार्यकर्तालाई पक्राउ गर्नेक्रम तीब्र पारेको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बन्दका बेला कार्यालय नजाने कर्मचारीको तलब काटिने र कानुनी कारवाही हुने चेतावनी दिएकी छन् ।
 आन्ध्रप्रदशेबाट तेलङगनालाई छुट्टै राज्यको मान्यता दिइएपछि गोर्खाल्याण्ड आन्दोलन फेरि चर्किएको हो ।
Agencies