काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले द्धन्द्धकालका मुद्दा ब्युँत्याउन खोजिए विद्रोह गर्ने धम्की दिएका छन् ।
आफूहरुलाई अझै पनि विभिन्न बाहानामा हेप्ने काम भइरहेको भन्दै दाहालले द्धन्द्धकालका मुद्दा ब्युँताएर पार्टीका लोकप्रिय नेताहरुलाई चुनावमा उठ्न नदिने षड्यन्त्र भइरहेको आरोप लगाए ।
आज राजधानीमा वाइसीएलको नेवा राज्य समितिले गरेको प्रशिक्षण कार्यक्रममा दाहालले आफूहरुलाई हेप्ने काम भए विद्रोह गर्ने बताए ।
कार्यक्रममा एकीकृत माओवादीका नेता डा.बाबुराम भट्टराईले मानवअधिकारका नाममा अन्तरिम संविधानको नै उल्लंघन हुने गरी काम गर्ने अधिकार कसैलाई नभएको उल्लेख गरे ।
आफ्ना एक जना कार्यकर्तामाथि मुद्दा चलाइए त्यसविरुद्ध हजारौं कार्यकर्ता सडकमा उतार्ने उनको भनाई थियो ।
सोही कार्यक्रममा अर्का नेता नारायणकाजी श्रेष्ठले माओवादी सधैं राष्ट्रियताको संरक्षण र क्रान्तिको पक्षमा रहेको उल्लेख गरे ।
RSS, IMAGECHANNEL