कायरो । इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति होस्नी मुबारकलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत वर्ष भ्रष्टाचारको आरोप प्रमाणित गर्दै अदालतले मुबारकलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।
तर, फैसला विरुद्धको अपील स्वीकृत भएपछि फेरि मुद्दाको सुनुवाई चलेको थियो । अदालतले मुबारकको अपीललाई स्वीकार गरेको छ ।
अदालतको निर्णय विरुद्ध सरकारी वकिलले अपील गर्न सक्ने कानूनी प्रावधान रहेकाले उनको रिहाईको तिथी भने अझै अन्यौल छ ।