गोप्य दस्तावेज विकिलिक्सलाई उपलब्ध गराएको अभियोगमा मेनिंगलाई ३५ वर्षको जेल सजाय

न्यूर्योक  । अमेरिकी सरकारको गोप्य दस्तावेज विकिलिक्सलाई उपलब्ध गराएको अभियोग लागेका अमेरिकी सैनिक बै्रडली मेनिंगलाई ३५ वर्षको जेल सजाय सुनाईएको छ । विकिलिक्सलाई अनाधिकृत रुपमा गोप्य दस्तावेज उपलब्ध गराएको र जासुसी गरेको अभियोगसहित २० वटा अभियोग लगाईएको छ । 
बयानका क्रममा २५ वर्षीय सैनिक मेनिंगले आफूमाथि लागेको अभियोग स्वीकार्दै अमेरिकी विदेश नीतिमाथि बहस होस् भन्ने उद्देश्यका साथ जासूसी गरेको बताएका थिए । 
यसअघी मेनिंगले आफूले गरेको गल्तीप्रति अमेरिकी राष्ट्रपति बाराक ओबामासँग क्षमा समेत मागेका थिए । 
यद्यपी ओबामाले भने आफ्नो देशको गद्दारी गर्नेलाई कुनै पनि हालतमा माफी नदिने प्रतिक्रिया दिएका थिए ।
मेनिंगविरुद्ध मुद्दाको सुनुवाई चलिरहँदा उनका समर्थकहरुले मेनिंगलाई माफी दिन बाराक ओबामासँग अपील गरेका थिए ।
Agencies