काठमाडौं । उच्चस्तरीय राजनीतिक समिति र नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन डाक्ने सहमति भएको छ ।
नयाँवानेश्वरमा वसेको उच्चस्तरीय समिति र ३३ दलीय मोर्चाबीचको बैठकमा यस्तो सहमति भएको हो । तर, सम्मेलन कहिले डाक्ने भन्ने विषयमा भने टुंगो लागेको छैन ।
दलहरुबीचको आन्तरिक छलफलपछि मात्र गोलमेच सम्मेलनको मिति तोकिने सहमति भएको नेताहरुले बताएका छन् ।
समितिले आजै संघीय समाजवादी पार्टीसँग पनि वार्ता गर्दैछ ।
यसअघि निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहेको उपेन्द्र यादवले नेतृत्व गरेको ८ दलीय मोर्चाबीच भने ६ वुँदे सहमति भइसकेको छ ।
RSS