काठमाडौं, भाद्र ६ । अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतबाट बर्डफ्लू लागेको कुखुरा आयात गर्न दिएर नेपालमा बर्डफ्लू संक्रमण फैलिएको आरोप लगाएका छन् । विहिबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष गौतमले आत्म निर्भर बनिसकेको कुखुरा उद्योगलाई धरासायी बनाइएको जिकिर गरे ।
महासंघले बर्डफ्लूका कारण कुखुरा व्यवसायी मर्कामा परेको भन्दै उचित क्षतीपूर्तीको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । कुखुरा व्यवसायीलाई पुनः व्यवसायमै फर्कने वातावरण बनाउन प्याकजमै कार्यक्रम घोषणा गर्न पनि माग गरिएको छ ।