भारतको मुम्बईमा एक फोटोपत्रकार महिला सामूहिक बलात्कार

मुम्बई  । भारतको मुम्बईमा एक फोटोपत्रकार महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । 
मुम्बईको परेल गाउँमा पुरुष साथीसँग राति फोटो खिचिरहेको अवस्थामा पुरुष साथीलाई डोरीले बाँधी उनकै अगाडि महिलालाई सामूहिक बलात्कार गरिएको मुम्बई प्रहरीले जनाएको छ । 
बलात्कारमा संलग्न रहेको आशंकामा १६ जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान थालिएको  छ । 
अंग्रेजी पत्रिकाका लागि इन्र्टनमा काम गरिरहेकी ती महिला बलात्कृत भएको खबरसँगै मुम्बईभर भारतीय सञ्चारकर्मीले प्रदर्शन गरेका छन् । 
यसअघि भारतको नयाँदिल्लीमा गत १६ डिसेम्बरमा बसमा सवार एक महिला छात्रामाथि बलात्कार भएको थियो ।  
Agencies