काठमाडौं । निर्वाचन आगोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि थपेको सात दिनको समय आज सकिदैंछ ।
मतदाता नामावलीमा नाम छुटेकाहरुलाई नाम दर्ता गराउनका लागि आयोगले यही भाद्र १ गते ७ दिनको समय थपेको थियो ।
यसअवधिमा हिजोसम्म देशभर एक लाखभन्दा बढीले नाम दर्ता गराएको आयोगले जनाएको छ । सबैले नाम दर्ता गर्न नभ्याएको भन्दै फेरि अरु केही दिन समय थप्न दलहरुले माग गरेपनि निर्वाचन आयोगले प्राविधिक हिसाबले पनि सम्भव नहुने भन्दै पुन समय थप्न अस्वीकार गरिसकेको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्नेको भीड सबैभन्दा बढी काठमाडौंमा लागेको छ । मतदाता नामावलीमा नाम लेखाउनेको भीड हेर्दा काठमाडौं उपत्यकामा करिब ५० हजार जतिले नाम लेखाउने अनुमान गरिएको छ ।
RSS