पुतलीबजार – स्याङ्जाको राङ्भाङभाङ गाविसस्थित अरनिको उच्चमाध्यमिक विद्यालयका छात्रा अचानक बेहोस हुने, काँप्ने र चिच्याउने गर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ ।
आउँदो ११ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको प्राचार्य हेमराज अर्यालले बताउनुभयो ।
कक्षा ६ देखि ९ सम्मका १८ जना छात्रा बिरामी भएको अर्यालले जानकारी दिए । अभिवावकको आग्रहमा विद्यालय परिसरमा शान्तिकार्यका लागि होम गरिने जनाइएको छ ।
RSS