काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान सरकार विघटन नभएसम्म आफूहरु संविधासभा चुनावमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
अहिलेकै सरकारलाई कायम राखेर चुनावमा जान नसकिने उनको भनाई छ ।
सहमतिको आधारमा चुनावमा सहभागी हुन आग्रह गर्दै रिपोर्टस क्लवले आज बुझाएको ज्ञापनपत्र बुझ्दै वैद्यले गोलमेच सम्मेलनलाई सफल बनाउन ३३ दलीय मोर्चा गम्भीर गृहकार्यमा लागेको पनि बताए ।
वार्ता र छलफलको सिलसिलाबाट कोही पनि भाग्न नपाउने भन्दै उनले गोलमेच सम्मेलनबाटै सबै समस्याको समाधान हुने जिकिर पनि गरे ।
RSS, IMAGECHANNEL