काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आगामि संविधानको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् ।
अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई आज आफ्नै निवास महाराजगञ्जमा पार्टी सदस्यता प्रदान गर्दे कोइरालाले कांग्रेसले बहुमत ल्याए मात्र लोकतन्त्र सुनिश्चित हुने बताए । अहिले देशभर कांग्रेस प्रवेश गर्नेको लहड चलेको भन्दै कोइरालाले निर्वाचनमा एक भएर लाग्न निर्देशनसमेत दिए ।
नेपाल निमार्ण व्यवसायिसंघका अध्यक्ष जयराम लामिछाने, इन्जिनियर दीपबिक्रम बिष्ट, आनन्द कठायतलगायत नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यसैबीच आज बिहान गृह मन्त्री माधव घिमिरेले नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग भेट्नु भएको छ । कोइरालालाई भेट्न घिमिरे कोइराला निवास महाराजगञ्ज पुगेका थिए ।
RSS, IMAGECHANNEL