शिक्षक संगठन अर्घाखाँचीमा नयाँ नेतृत्वको चयन

– शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची । अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको दोस्रो जिल्ला भेला नयाँ नेतृत्वको चयन गर्दै सन्धिखर्कमा सम्पन्न भएको छ । 
भेलाले नवराज पोख्रेलको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समितिको चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष यम बहादुर के.सी., भगवति पौडेल पन्थी, सचिवमा दुर्गा प्रसाद अधिकारी, सह-सचिवमा कृष्ण बि.क., कोषाध्यक्षमा नरेन्द्र बि.सी. निर्वाचित हुनु भएको छ । 
यसैगरी सदस्यहरुमा बावुराम भुसाल, नारायण प्रसाद घिमिरे, हरि प्रसाद आचार्य, राम कुमार छिनाल, हिरालाल खनाल, काशिनाथ पौडेल, कमला घिमिरे र राम बहादुर कुमाल  रहनु भएको छ । 
कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय महासचिव घनश्याम पाठकले शिक्षकहरुबीच हँुदै आएको विभेद अन्त्य गर्न राज्यको ध्यानाकर्षण गराउनु भयो । राज्यले शिक्षकहरु लाई १७ भागमा बाँडेर विभेद गर्दै आएको गुनासो पोख्दै, पाठकले शिक्षकहरु बीचको भेदभाव अन्त्य नभएसम्म सोंचे अनुसारको परिमाण आउन नसक्ने बताउनुभयो । राज्यले पेशामा समेत विभेद गरेको भन्दै ,उहाँले समान रुपमा भत्ता नदिए सम्म सरकारले तोकेको ड्रेस नलगाउन शिक्षकहरु लाई आग्रह गर्नु भयो । 
कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादीका जिल्ला ईन्चार्ज भोला बस्यालले राष्ट्रिय स्वाधिनताको पक्षमा एकजुट भएर अगाडि बढ्न सबै पक्षलाई आह्वान गर्नु भयो । 
अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष नवराज पोख्रेलको अध्यक्षता सचिव दुर्गा प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा-माओवादीका जिल्ला सेक्रेटेरी बावुराम घिमिरे भुवन, शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य गुणाखर भट्टराई, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिवालय सदस्य शोभाखर पन्थी, शिक्षक संगठनका केन्द्रीय सदस्य गोविन्द क्षेत्री, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य कृष्णहरि भुसाल, बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य माधव प्रसाद खनाल, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बञ्जाडे, नारायण प्रसाद घिमिरे, बावुराम भुसाल, यम बहादुर के.सी., अच्यूत पन्थी लगायतले मन्तव्य राख्दै शिक्षकका पेशागत र शेक्षिक समस्याप्रति राज्यको ध्यानाकर्षण गराएका थिए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु