चितवन । चितवनको रत्ननगरमा आजदेखि नेपाल ट्रेड यूनियन कांग्रेस स्वतन्त्रको पाँचौ राष्ट्रिय महाधिवेसन शुरु हुंदैछ । श्रमिक मैत्री औद्योगिक वातावरण, सामाजिक सुरक्षा, श्रमिक हक अधिकार र सुविधाको सुनिश्चितालगायत विषयमा महाधिवेशनमा छलफल हुने महाधिवेशन आयोजक समितिले जनाएको छ ।
भदौ ११ गतेसम्म चल्ने महाधिवेसनले ३७ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ । महाधिवेशनको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज उद्घाटन गर्दै गर्दैछन् । उद्घाटन सत्रमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बिमलेन्द्र निधिलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका प्रतिनिधि, एशिया प्यासिफिकका महासचिव एन सुजुकीलगायतको उपस्थिति रहने छ । महाधिवेशनमा ट्रेड युनियनसंग आबद्ध २५ संस्थामार्फत देशभरका ७२ जिल्लाका करिब १६ सय प्रतिनिधिको सहभागिता रहने छ ।
RSS