मुम्बईमा महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा थप पाँच जना पक्राउ

मुम्बई, भाद्र ९ । भारतको मुम्बईमा महिला फोटो पत्रकारमाथि सामूहिक बलात्कार गरेको अभियोगमा थप पाँच जना पक्राउ परेका छन् । 
सँगै रहेका पुरुष साथीलाई डोरीले बाँधेर मुम्बईको परेल गाउँमा २३ वर्षिया महिलामाथि सामूहिक बलात्कार भएको थियो । घटना लगत्तै भारतीय सुरक्षाकर्मीले ३५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । 
अनुसन्धानपछि बलात्कारमा संलग्न भएको आरोपमा थप पाँच जनालाई नियन्त्रणमा लिइएको र निर्दोष देखिएका केहीलाई छाडिएको मुम्बई प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न अभियुक्तहरु मध्ये तीन जना रहेको बताइएको छ ।
 एक अंग्रेजी पत्रिकाका लागि काम गर्ने महिला पत्रकार बलात्कृत भएपछि भारतभर सुरक्षा व्यवस्थालाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ । बलात्कारमा संलग्नहरुलाई कडा सजायको माग राखेर मुम्बईमा हरेक दिन प्रदर्शन भइरहेको छ ।  
Agencies