रुपन्देहीको मर्चवारमा धोबीको मृत्युको विषयलाई लिएर स्थानीयबासीले प्रदर्शन गरेपछि तनाव

रुपन्देही । रुपन्देहीको मर्चवार इलाका प्रहरी कार्यालयमा स्थानीय रामसेवक धोबीको मृत्युको विषयलाई लिएर स्थानीयबासीले प्रदर्शन गरेपछि तनाव भएको छ । 

साउन २८ गते धोवीको शव नालामा भेटिएको र प्रहरीले उनको मृत्युबारे छानबिन नै नगरी दाहसंस्कार गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका हुन् । 
प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा आक्रमण गरेपछि भिड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेको छ । त्यसक्रममा दुई जना प्रदर्शनकारी घाइते भएका छन् ।
RSS