कुनै पनि दलले उम्मेद्वारी दर्ता गर्नै नसक्ने अवस्था बनाईदिने नेकपा-माओवादीका सिपी गजुरेलको चेतावनी

काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चुनाव बहिष्कार अभियान अन्तर्गत कुनै पनि दलले उम्मेद्वारी दर्ता गर्नै नसक्ने अवस्था बनाउने दाबी गरेका छन् । 

यथास्थितमा मंसीर चार गते संविधानसभा चुनाव हुनै नसक्ने दाबी गर्दै उनले आफुहरुको बहिष्कार अभियान सफल हुने बताए ।
आज राजधानीको कोटेश्वरस्थित आफ्नै निवासमा कुरा गर्दै उपाध्यक्ष गजुरेलले चार दल नै बार्ताबाट भागेको आरोप समेत लगाए । उपाध्यक्ष गजुरेलले सुरक्षाकर्मी परिचालन गरेर चुनाव गराउन प्रमुख दलहरुलाई चुनौती पनि दिए । 
सेना परिचालन गरेर चुनाव गराउने अभिव्यक्ति निरंकुताबादी सोच भएको गजुरेलको भनाई थियो ।
RSS, IMAGECHANNEL