धादिङ । धादिङका विभिन्न स्थानमा भाईरल ज्वरोको प्रकोप देखिएपछि जिल्ला अस्पतालमा विरामीको चाप वढेको छ ।
सामान्य दिनमा १५-२० जनासम्म उपचारका लागि आउने गरेकोमा भाइरल ज्वरोको प्रकोप देखिएपछि तीनसय जनासम्म उपचारका लागि आउने गरेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
उपचारका लागि आउनेहरुमा अधिकांश बालवालिका छन् । उनीहरुमा ज्वरो र झाडापखाला देखिएको छ । विरामीको संख्या वढेपछि अस्पतालमा शैया र चिकित्सकको अभाव भएको छ ।
RSS