काठमाडौं । लेनदेन सम्बन्धी विवादमा काठमाडौंको नयाँ बजारस्थित बाहिटीमा डल्लुका अमित बस्नेतमाथि खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।
२८ वर्षीय बस्नेतलाई केशव भनिने ब्यक्तिले खुकरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरेको आरोप लागेका केशव भने फरार छन् ।
RSS