अर्घाखाँचीका चिया पसल , चौतारा र चोकहरुमा निर्बाचनका कुरा

 प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची । फलानो पाटीबाट फलानो उठ्ने भएछनी,  त्यो पाटिको त राम्रो बहुमत छनी फलानो उमेद्धार भयो भनेत बिकास हुन्छनी, फलानोको त ब्यक्तिगत प्रभाब राम्रो छनी   चिया पसल , चौतारा र चोकहरुमा आज भोलि यस्तै कुराले स्थान पाउन थालेका छन । दोस्रो संबिधान सभाको निर्बाचनका लागि  दलहरु उम्मेदवार छान्नमा व्यस्त छन । जिल्लामा एमाओवादी, नेपाली काग्रेस र एमालेबीच तीब्र पर्धा हुने सम्भाबना बढेको छ । 
जिल्लामा चुनावी माहोल तात्दै जादा संभावित उम्मेदवारको चर्चा शुरु भएको छ । एमाओवादी र राष्ट्रिय जनमोर्चाले उम्मेदवारको नाम पाटीको केन्द्रिय कार्यालयमा सिफारिस गरेको छ । काग्रेस र एमालेले छनोटको तयारी गर्दैछन । जिल्लाका दुवै क्षेत्रमा तीनै दलको प्रतिस्प्रधाको संभावनाले चुनाव जित्नेमा उम्मेदवारमा पनि भर पर्ने सर्ब साधारणको बुझाई छ । 
एमाओवादीले दुवै क्षेत्रबाट संभावित १२ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट टोपबहादुर रायमाझी, डिलाराम आचार्य, राजु नेपाली, कमल खनाल, ठाकुर विक र छमकुमारी खनाल र क्षेत्र नं. २ मा केन्द्रिय सदस्य चन्द्र बहादुर खडका, बिष्णुहरी शर्मा, गोविन्द केसी, हिमकला गैरे, खुमानन्द घिमिरे र भक्तबहादुर पुनलाई बैठकको निर्णयले सिफारिस गरेको एमाओवादी नेता ठाकुर विकले बताए । 
जिल्लामा चौथो शक्ती राजमोले क्षेत्र नं. १ बाट महासचिव सन्तबहादुर नेपाली, केन्द्रिय सदस्य सागर केसी, कल्पना पोखरेल र २ बाट केन्द्रिय सदस्य शेरबहादुर विसी, जिल्ला अध्यक्ष झविलाल थापा, र सकुन्तला रानालाई सिफारिस गरेको छ । 
उम्मेदवार छनोट भएपछि गाउ जाने काग्रेसले जनाएको छ । काग्रेस र एमालेका नेताहरु  टिकटका लागि काठमाडौ धाएका छन । काग्रेसबाट क्षेत्र नं. १ मा डा.रामबहादुर विसी, रेवती प्रसाद भुसाल, बिष्णु मुस्कान, पिताम्बर शर्मा, मानबहादुर बिश्व कर्मा , लोकेन्द्र बिक, हरिबहादुर खड्का , लक्ष्मी श्रेष्ठ र निर्मला क्षेत्रीको नाम चर्चामा छ ।
२ बाट केन्द्रिय सदस्य पुष्पा भुसाल, जिल्ला सभापति कमलप्रसाद भुसाल पुर्वमन्त्री ढुण्डिराज शास्त्री, , नेताहरु महेन्द्र भुसाल, बासुदेव आचार्य, श्यामनाथ कास्यप र हिम्मत टण्डनको नाम चर्चामा छ ।
  एमालेबाट १ मा जिल्ला अध्यक्ष चेतनारायण आचार्य, राष्ट्रिय प्रतिनिधि परिसद सदस्य नरेन्द्र कुमार क्षेत्री , लक्ष्मण रायमाझी र  भोजबहादुर शाहको नाम चर्चामा छ । २ बाट डा. दुमन थापा, पुर्वजिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरे, पिताम्बर भुसाल, प्रेमनारायण गैरे र पिताम्बर सारुको नाम चर्चामा छ । 
निर्वाचन क्षेत्र नं. १ मा तीन दलबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । चुनावी चाहलपहलसगै धेरैको ध्यान १ नम्बरमै छ । २०६४ को चुनावमा १ नम्वरमा एमाओवादीका रायमाझी र २ मा  काग्रेसबाट पुस्पा भुसालले जितेका थिए । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु