[ चुनाव गराउन जिल्लामा दुवै क्षेत्रमा ८५ मतदान केन्द्र र २ सय ११ उपकेन्द्रमा तोकिएको छ । २०६४ को निर्वाचनमा जिल्लामा १ लाख ८० हजार ६ सय ९४ थिए तर यसपटकको संकलनमा १ लाख १० हजार ३ जना जनाको मतदाता नामावलीमा नाम दर्ता भएका छन्। ]
– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची। मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय तीव्र तयारीमा जुटेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदातालाई शान्तिपुर्ण रुपमा भोट हाल्ने वातावरण बनाउने रणनीतिमा प्रशासन लागेको छ ।
२०६४ को निर्वाचनमा शान्ति सुरक्षा कमजोर भएपनि यसपाली मजबुद बनाउने योजनामा सुरक्षा निकाय लागेको छ । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको संयोजकत्वमा जिल्ला निर्वाचन सेल निर्माण गरेको छ । सेलमा चन्दननाथ गणका गणपति रामकाजी राना, प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डे, अनुसन्धान अधिकृत लिलाधर पौडेल र निर्वाचन कार्यालयका अधिकृत महेश पाण्डेको सदस्य रहेका छन । त्यस्तै सहायक प्रजिअ भेषराज खनालको संयोजकत्वमा चार सदस्यीय जिल्ला निर्वाचन सुचना संकलन विश्लेषण तथा प्रतिवेदन समिति निर्माण गरेको छ । निर्वाचनलाई लक्षित गरेर नयाँ सुरक्षा रणनीति बनाउन्छौ, पाठकले भने, सबै मतदान केन्द्रमा शान्ति सुरक्षा मजबुद हुन्छ, चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन र मतदातालाई सहज वातावरणमा भोट हाल्न पाउने बनाउन कनै कसर वाकी राख्दैनौ । उनले प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा बेस क्याम्प, सुचना संकलनका लागि जनशक्ति परिचालन गरिने बताए ।
जिल्लामा सशत्र प्रहरी बल नभएकाले कपिलवस्तुको चन्द्रौटाबाट दुवै क्षेत्रमा २ टोली सशस्त्र सुरक्षा फौज परिचालन गरिने उनले बताए । खनालको संयोजकत्वमा गठित चार सदस्यीय टोलीले चुनावको परिस्थितिको सुचना संकलन गर्नेछ । २०६४ को निर्वाचनमा मतदान केन्द्र असुरक्षित भएकाले जुकेनाका दुवै पटक निर्वाचन भएको, बल्कोट केन्द्रमा मतपेटीका नियन्त्रणमा लिई फुटाल्ने प्रयास, बल्कोटमै उम्मेदवार माथि आक्रमण, वागीमा बम पड्केको लगायत चुनौतीलाई ध्यान दिएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई तीन वर्गमा विभाजन गरेको छौ, खनालले भने, अति संवेदनशिल क्षेत्र जहाँ बढी सुरक्षा निकाय रहनेछन, दोस्रो संवेदनशिल र समान्य छन । तीन चरणमा चुनावको बेला आवश्यक्ता अनुसार वर्गमा मतदान केन्द्र पर्नेछन । निर्वाचन आयोगले जारी गरेको संविधान सदस्य निर्वाचन आचारसंहिता २०७० लाई कार्यालयमा आएपछि सबै दललाई आचारसंहिता पुर्ण रुपमा पालना गर्न अनुरोध गरिनेछ । त्यस विपरित जाने जो कोहीलाई पनि कानून अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ । सरकारी तथा गैससलाई आचारसंहिता पुर्णरुपमा पालना गर्न प्रशासनबाट निर्देशन भैसकेको छ । त्यसमो अनुगमन समेत हुने छ ।
निर्वाचनको लागि जिल्लामा स्रोत साधनको कमी भएकाले जिल्ला प्रशासनको लागि एक गाडी, प्रहरीका लागि दुई भ्यान र दुई वटा वानटेन केन्द्रमा माग गरिएको खनालले बताए । सुरक्षा निकायले निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि तत्काल कारवाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । चुनाव बहिष्कार अभियान सञ्चालन गरेको मोहन वैद्य माओवादीको जनधार झिनो संख्यामा रहेकाले त्यसले खासै असर नगर्ने र नियन्त्रण गर्न सकिने ठहर गरेको छ । त्यसको लागि आन्तरिक संयन्त्र मार्फत जनपरिचालन गरी सुचना संकलन गर्ने र चुनाव भाडन खोज्ने नियन्त्रणमा पर्नेछन । चुनाव गराउन जिल्लामा दुवै क्षेत्रमा ८५ मतदान केन्द्र र २ सय ११ उपकेन्द्रमा तोकिएको छ ।
निर्वाचन कार्यालयले पनि सबै तयारी पुरा भएको जनाएको छ । २०६४ को निर्वाचनमा जिल्लामा १ लाख ८० हजार ६ सय ९४ थिए तर यसपटकको संकलनमा १ लाख १० हजार ३ जना जनाको मतदाता नामावलीमा नाम दर्ता भएको जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले बताए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।