बग्दाद । इराकका विभिन्न शहरमा गराइएका श्रृखंलाबद्ध बम बिस्फोटमा कम्तिमा ४६ जना मारिएका छन् भने बिस्फोटमा थुप्रैं घाइते भएका छन् ।
राजधानी बग्दाद र बकुवा शहरमा लगातार विष्फोट गराइएको थियो । बकुवामा ४ वटा बिस्फोट गराइएकामा दुई बिस्फोट शिया मुसलमानको विवाहस्थलमा गराइएको थियो ।
यता राजधानी बग्दाद स्थित एक कफी शपमा भएको बम बिस्फोटमा ९ जना मारिएका बीबीसीले जनाएको छ । त्यस्तै बालाद शहरमा कार बम विष्फोट गराइदा ४ जना मारिएका जनाइएको छ ।
त्यस्तै उत्तरी शहर मुसोलमा रोकेर राखेको सुरक्षाकर्मीको सवारी साधनमा आगो लाग्दा ५ जना सुरक्षाकर्मीको ज्यान गएको छ । इराकमा शिया र सुन्नीबीचको बढ्दो तनावले हिंसा मच्चिइरहेको छ ।
इराकमा यस वर्ष मात्रै चार हजारभन्दा बढी मानिस मारिइसकेको जनाइएको छ।
Agencies