काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनाल सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन। एमाओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका खनाल आगामी संविधानसभामा पाल्पाबाट उम्मेदवारी दिने तयारीसहित कांग्रेस प्रवेश गरेका हुन ।
कांग्रेस पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा कांग्रेस सभापति कोइरालाले खनाललाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
भ्याट छलीको छानविनबारे तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद भएपछि खनालले २०६७ फागुनमा अर्थसचिवबाट राजीनामा दिएका थिए।
RSS, ARGHAKHANCHI.COM