अर्घाखाँचीको पटैतीमा दुधबाटै गाउँको मुहार फेरियो

– वीरेन्द्र केसी
पटै्ती, अर्घाखाँची ।  सदरमुकाम टाढाको दुर्गम पटैती गाउँमा दुधबाटै वर्षमा एक करोड रुपैया भन्दा बढी भित्रिने गरेको छ ।
दुर्गम गाउँमा दैनिक १ हजार लिटर दुध उत्पादन भैरहेको छ । यहाँका किसानले उत्पादन गरेको दुध पाल्पाको तानसेन स्थित गोरस घर हुदै पोखराको सुजन डेरी उद्योगमा जाने गर्छ । झण्डै पाँच वर्षको अवधीमा यहाँका  किसानले यति धेरै दुध उत्पादन गर्न सफल भएका हुन ।  आर्थिक अवस्था कमजोर भएर घरखर्च धान्न नसक्ने घरपरिवारले जर्सी गाई र मुर्रा भैसीको दुध बिक्रीबाट आर्थिक रुपमा फड्को मारेका छन । 
वैदेशिक रोजगारबाट फर्किएका पटै्ती नियालीका शंकर घिमिरेले नीजि लगानीमा जर्सी गाईपाल्न शुरु गरेका थिए त्यसपछि गाउँका सबै पशुपालनमा लागेका हुन । दुधबेचेर मनग्य आमदानी हुने जानकारी पाएपछि यहाँका गाउँले गाई र भैसी पालन तर्फ होमिएका छन  । गाउँका २ सय ४० किसानले झण्डै ४ सय गाई र भैसी पालेका छन, देउराली दुध संकलन केन्द्रका अध्यक्ष समेत रहेका घिमिरेले भने, नियाली र नेटापोखरामा दुई वटा संकलन केन्द्र छन, यहाँबाट झण्डै ३० किलोमिटर टाढा तानसेनको गोरस घरमा हुदै पोखराको सुजन डोरी उद्योगमा दुध जाने गर्छ । एक हजार लिटर उत्पादिन दुधबाट गाउँमा १ करोड २० लाख जति रुपैया  भित्रिे गरेको छ ।  दुध प्रतिलिटर ३० रुपैयामा बिक्री भैरहेको छ । गरिब परिवारले समेत पशुपाल्न थालेपछि महिनामा ५ हजार देखी ३० हजार रुपैया सम्म आम्दानी लिएको उनले बताए । यो ठाउँ अर्घाखाँची  सदरमुकामबाट पनि २५ किलोमिटर पुर्वी क्षेत्रमा पर्छ । संकलन भएको दुध तानसेनसम्म जीप ट्रकमा पठाउने गर्छन । मलेसिया र दुवईबाट फर्किएर शुरु गरेको हुँ, उनले भने, दुधबाट वर्षमा घरखर्च कटाएर ७ लाख रुपैया बचत गर्दै आएको छु अब त अमेरिका भने जान्न आफनै माटोमा खेल्छु । उनी सहित १२ जनाले वैदेशिक रोजगारी छाडेर पशुपालनमा लागेका छन । पशु नपाल्ने घरमा पनि जर्सीगाई र भैसी दुहुना छन, उनले भने, दुध बिक्रीबाट आम्दानी भित्रिएपछि पशु पाल्नेको लहर चलेको छ । पशुबाट आम्दानी भएपछि वैदेशिक रोजगारमा जान छाडेका छन । सबैका घरमा दुईचार हजार निकाल्न सक्ने भएका छन । आर्थिक अवस्था दयनीय भएको घरपरिवार नभएको गाउ

अन्य समाचारहरु