अर्घाखाँचीमा ७० हजार मतदाता घटे

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची। अघिल्लो निर्वाचनमा भन्दा अहिले मतदाता घटेका छन । गाउँ – गाउँमा समेत पुगेर नागरिकता वितरणसंगै मतदाता संकलन गरेपनि ७१ हजार ५ सय ५७ मतदाता घटेको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 


फाइल तस्बिरमा २०६४ को निर्वाचनमा खाचिकोटको डिहिडाँडा । – अर्घाखाँची डट्कम

 

२०६४ को निर्वाचनमा जिल्लामा १ लाख ८० हजार ६ सय ९४ थिए तर यसपटकको संकलनमा १ लाख १० हजार ३ जनाको मात्र मतदाता नामावलीमा नाम दर्ता भएको जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले बताए । जिल्लामा दुई निर्वाचन क्षेत्र छन । पछिल्लो पटकको मतदाता संकलनमा १० हजारको संख्याले महिला बढी छन । जिल्लामा २३ हजार १ सय ४१ जनाले नागरिकता प्राप्त गर्न वाकी रहेको र त्यसमा १९ हजार ३ सय ३ जना १८ वर्ष उमेर पुगेकाले नागरिकता र मतदाता पाएका छैनन, उनले भने, जिल्लाबाट विदेश गएकाको संख्या ३१ हजार २ सय ६८ जना छ, यो २०६९ असार मसान्तसम्मको तथ्यांक हो । 



जिल्लामा मतदातासंगै जनसंख्या पनि घटेको छ । २०५८ सालको जनगणनामा अर्घाखाँचीको जनसंख्या २ लाख ८ हजार ३ सय ९१ थियो भने २०६८ मा १ लाख ९७ हजार ६ सय ३२ जना रहेको पाण्डेले बताए । जिल्लाबाट धेरै बसाईसराई गरी तराई तिर र बुटवल काठमाडौ लगायतका ठुला शहरी क्षेत्रमा जिल्ला छाडेर जाने गरेकाले घटेको उनको दावी छ । नागरिकता र फोटो सहितको मतदाता, बसाईसराई र अघिल्लो निर्वाचनमा फर्जी मतदाता भएकाले घटेका हुन । नागरिकता नभएको मतदाता नै छैन त्यसले घटेको कार्यालयको दावी छ । 



मंसिर ४ गते निर्वाचन हुनेमा अन्योलसंगै राजनीतिमा रुची कम हुदै गएकाले नाम दर्ता गर्नेको संख्या घटेको कार्यालयले जनाएको छ । गाउँमा पुगेको टोलीले सञ्चालन भएका नागरिकता र मतदाता केन्द्रसम्म बुढाबुढी पुग्न नसकेकाले धेरैको छुटेको हुन सक्ने अनुमान छ । पुन संकलन नभए र विदेशमा चुनावका लागि आएका पनि भोटर नभएपछि भोट हाल्न पाउने छैनन । निर्वाचन कार्यालयले जिल्लाका सबै मतदाताको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । मंसिर ४ गते निर्वाचन भए निर्वाचन गराउनमा कार्यालयले सबै तयारी पुरा गरेको पाण्डेले बताए । 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु