माओवादी लडाकुको समायोजन पूरा भएकोमा राष्ट्रसंघद्धारा खुशी व्यक्त

काठमाडौं – राष्ट्रसंघले माओवादी लडाकुको समायोजन पूरा भएकोमा राष्ट्रसंघले खुशी व्यक्त गरेको छ । नेपालका लागि संयुक्त राष्ट्र सङ्घ आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले नेपाली सेनामा पूर्व माओवादी सेनाका लडाकुहरुको समायोजन कार्य सम्पन्न भएकोमा सराहना व्यक्त गरे ।
 यो कार्यलाई शान्ति प्रक्रियाको ऐतिहासिक चरण समापन भएको सूचक मान्दै उनले नेपाली जनता, राजनीतिक दलहरु, नेपाल सरकार तथा नेपाली सेनालाई बधाइ दिएका छन्।
‘आज म खरिपाटी भक्तपुर स्थित नेपाली सेनाको नेपाली सैन्य तालlम केन्दमा अधिकृत आधार तालीमको आयुक्त पद प्रदान कवाज समारोहमा सरिक भएँ” आवासीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले भने, ‘यो उपलव्धि संयुक्त राष्ट्र सङ्घको उपस्थितिमा सन् २००६ नोभेम्बरमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भई सुरुवात भएको नेपालको शान्ति प्रक्रियामा कोशेढुंगाका रुपमा रहनेछ।”
जेमी म्याकगोल्डरिकले चुनाव लगायत, संविधान निर्माण र संक्रमणकालिन न्याय सन्यन्त्रहरु स्थापना गर्ने लगायत विस्तृत शान्ति सम्झौतामा व्यक्त गरिएका प्रतिवद्धताहरु कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउन तथा तिनको चाँडो कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षहरुलाई आह्वान गरेका छन्।
RSS