पूर्व माओवादी लडाकु अब सैनिक अधिकृत, समायोजन प्रकृया पुरा
भाद्र १० गते, २०७० मा प्रकाशित
भक्तपुर – समायोजन रोजेका माओवादीका ७० पूर्व लडाकूलाई नेपाली सेनाको उपसेनानी दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। ९ महिना अधिकृत तहको तालिम पूरा गरेपछि उनीहरुलाई उपसेनानी दर्ज्यानी दिइएको हो।
सोमबार भक्तपुर खरिपाटी स्थित सैनिक प्रतिष्ठानमा आयोजित एक समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रधानसेनापति गौरवसम्शेर जबराले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए।
अधिकृतको आधारभूत तालिम सकेपछि उपसेनानी भन्दा माथि महासेनानीसम्मको दर्जा पाएका पूर्व लडाकूहरुले ६ हप्ताको तालिम पूरा गर्नुपर्नेछ। त्यसपछि उनीहरुलाई आ-आफ्नो जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ। यसअघि १३ सय जना पूर्व लडाकूले पदिक तथा अन्य दर्जाको तालिम पूरा गरेका थिए।
संयुक्त राष्ट्रसंघिय मिसनले प्रमाणित गरेका करिब १९ हजार पूर्व लडाकूमध्ये समायोजन रोजेर छनौट परिक्षा उर्तिण गरी करिव १५ सय जना सेनामा भर्ना भएका छन्।