ब्राजिलमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित

 ब्राजिलमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित बनेको छ । ब्राजीलको दक्षिणी क्षेत्रमा रहेका सयौं घर डुबानमा परेपछि हजारौं नागरिक विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
विगत ६ दिनदेखि लतागार वर्षा भई नदीको सतह बढेर बस्तीमा प्रवेश गर्दा जनजीवन अस्तब्यस्त बनेको छ । बिजुली आपूर्ति बन्द हुँदा बाढी प्रभावितहरु अध्याँरोमा बस्न बाध्य छन् । 
सन् २०१४ मा हुने विश्वकप फुटवलका लागि लक्षित गरी बनाईको सडकका पुनर्निमाण कार्य पनि अवरुद्ध बनेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको जनाइएको छ ।
Agencies