उडिसा । भारतको उडिसा राज्यको कोरापुट जिल्लाको राजमार्गमा संदिग्ध माओवादीको आक्रमणमा परी ४ जना सीमा सुरक्षा बलका जवान मारिएका छन् । आक्रमणमा केही सुरक्षाकर्मी गम्भीर घाईते भएका छन् ।
विष्फोटमा सुरक्षाकर्मीका दुई वटा गाडी मुश्किलले जोगिएका थिए । राज्यका प्रहरी महानिर्देशक प्रकाश मिश्रले आक्रमणमा माओवादीको संलग्नता हुन सक्ने बताएको छ ।
भारतमा माओवादीले राष्ट्रिय राजमार्गमा विष्फोट गराई सुरक्षाकर्मीको हत्या गरेको यो पहिलो घटना हो । भारतमा पछिल्लो समय माओवादीको प्रभाव थुप्रै राज्यहरुमा फैलिएको छ ।
Agencies