नेकपा-माओवादीका नेत्रविक्रम चन्दद्धारा मंसिर ४ गते जबर्जस्ती चुनाव गर्न खोजिए देश भिडन्तमा जाने चेतावनी

झापा  । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले मंसिर ४ गते जबर्जस्ती चुनाव गर्न खोजिए देश भिडन्तमा जाने चेतावनी दिएका छन् । 
झापाको विर्तामोडमा संविधानसभाको दोस्रो निर्वाचनको भण्डाफोर कार्यक्रममा चन्दले विदेशीको ईशारामा जबर्जस्ती चुनाव गर्न खोजेको भन्दै त्यस्तो चुनावको डटेर प्रतिकार गर्ने बताए ।
 
गोलमेच सम्मेलन मार्फत सहमति गरी आफूहरुले पनि चुनावमा भाग लिने भन्दाभन्दै ठूला भनिएका दलहरुले धोका दिएको उनको आरोप थियो ।
RSS