काठमाडौं । एकीकृत माओवादीको सुरु भएको केन्द्रीय समिति वैठकमा निर्वाचन क्षेत्रमा खटिएका नेताहरुले प्रतिवेदन प्रस्तुत गरेका छन् । निर्वाचन क्षेत्रमा एक महिना खटिएका नेताहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग मूख्य प्रतिस्पर्धा हुने रिपोर्ट पार्टी नेतृत्वलाई दिएका छन् ।
तराईका जिल्लाहरुमा मधेशी जनअधिकार फोरम र अन्य ठाउमा एमालेसँग पनि प्रतिस्पर्धा हुने भएपनि मूख्य प्रतिस्पर्धा भने कांग्रेससँग नै हुने रिपोर्ट दिएको प्रवक्ता अग्नी सापकोटाले सञ्चारकर्मीलाई जानकारी जानकारी दिए ।