लण्डन । पाकिस्तानी किशोरी मलाला युसुफजाईलाई यस वर्षको अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार दिइने भएको छ । एक लाख युरोको उक्त पुरस्कार आगामी ६ सेप्टेम्बरमा नेदरल्याडको हेगमा प्रदान गरिने छ ।
शिक्षाको अधिकारका लागि अभियान सञ्चालन गरे वापत मलालालाई यो पुरस्कार दिन लागिएको आयोजक संस्थाले जनाएको छ ।
गत वर्ष यो पुरस्कार फिलिपिन्सका सडक बालक क्रिस केस्जलाई सडक बालबालिकाका लागि गरेको योगदानको कदर गर्दै प्रदान गरिएको थियो ।
गत अक्टोबरमा तालिवानी लडाकूको आक्रमणमा परेकी मलाला हाल बेलायतमा अध्ययनरत छिन् ।
Agencies