काठमाडौं । छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कारवाहीको माग राखेर आमरण अनशनमा बसेका गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारीको जीवनरक्षाको माग राखेर विभिन्न संघ-संस्थाहरुले आज वीर अस्पतालमा धर्ना दिएका छन् ।
आमरण अनशन बसेको एक महिना भन्दा वढी समय भइसक्दा पनि सरकारले उनीहरुको जीवनरक्षाका लागि पहल नगरेको भन्दै अस्पतालमा धर्ना दिइएको हो । द्धन्द्ध पीडित टुहुरा समाज नेपाल, बेपत्ता परिवार राष्ट्रिय समाज, द्धन्द्ध पीडित राष्ट्रिय समाज, बाँदरमुढे घटना पीडित सरोकार समिति लगायत संघ संस्थाको अगुवाइमा धर्ना दिइएको हो ।
धर्नाका सहभागीहरुले अधिकारी दम्पतीको जीवनरक्षा गर्न र हत्याका आरोपीलाई पक्राउ गरी कारवाही थाल्न माग गरेका थिए ।
१७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको २०६१ सालमा माओवादीबाट भएको हत्याको छानबिनको माग राखेर अनशनरत अधिकारी दम्पतीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
RSS