कञ्चनपुर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जर्बजस्ती संघीयता लाद्न खोजिएका कारण संविधान नबनको भन्दै फेरि पनि संघीयताको कुरा गर्नेहरु चुनावमा जान आवश्यक नभएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाले सुरु गरेको राष्ट्रिय प्रचारात्मक अभियान अन्र्तगत महेनद्रनगरमा आज आयोजित सभालाई सम्बोधन गर्दै केसीले नेपालमा संघीयता विदेशबाट पैठारी भएको भन्दै जनताले संघीयता खारेज गर्न नसके संघीयताले मुलुक नै खारेज गर्ने बताए ।
संविधान नबन्नुको कारणबारे जनतालाई जवाफ दिन नसके मंसिर ४ गते पनि संविधानसभाको चुनाव नहुने उनको भनाइ थियो ।
RSS, IMAGECHANNEL