संविधानसभा निर्वाचनको विपक्षमा रहँदै आएका ३३ दलद्धारा चुनाव विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक, असोज ९ र १० गते नेपाल बन्द

काठमाडौं । संविधानसभा निर्वाचनको विपक्षमा रहँदै आएका ३३ दलले चुनाव विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

 

नेकपा-माओवादी नेतृत्वको मोर्चाले आज वुद्धनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमहरुमा राष्ट्रपति डा. रामवरण यादवलाई ज्ञापनपत्र बुझाउनेदेखि नेपाल बन्दसम्म रहेका छन् ।

भाद्र २६ गतेदेखि सुरु हुने सडक संघर्षका कार्यक्रम देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा केन्द्रित हुने, क्षेत्रीय रुपमा बन्द गर्ने र असोज ९ र १० गते नेपाल बन्द गर्नेसम्मका कार्यक्रम मोर्चाले अघि सारेको छ ।


तर, मोर्चाले गोलमेच सम्मेलनका लागि सहजकर्ताको भूमिका खेल्न राष्ट्रपति यादवलाई अन्तिम पटक आग्रह गर्ने निर्णय पनि गरेको छ पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


पत्रकार सम्मेलनमा नेकपा